कोरोना विशेष

२४ घण्टामा थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्‍यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

५,७३१ पीसीआर परीक्षणमा ३७६ जना र २,१६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी ४०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१८ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।