खेलकुद

नेपालको पोष्टमा आधा दर्जन गोल, छनोटको समूह चरणबाटै बाहिरियो


काठमाडौँ – एएफसी यू–२३ एसियन कप छनोटमा नेपालले लगातार लज्जास्पद दोस्रो हार व्यहोरेको छ । गएराति भएको खेलमा नेपाल आयोजक ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको हो ।

ताजिकिस्तानसँगको हारसँगै नेपाल छनोटको समूह चरणबाटै बाहिरिएको छ । यता जितसँगै समूह ’बी’ को ताजिकिस्तानले २ खेलमा ६ अंक जोडेको छ भने शीर्ष स्थानमा रहेको छ । ताजिकिस्तानको यो लगातार दोस्रो जित हो । नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । अब नेपालले अन्तिम खेलमा लेबनानसँग आइतबार प्रतिष्पर्धा गर्नेछ ।