देश

आज राष्ट्रसंघ दिवस


काठमाडौँ – आज संयुक्त राष्ट्रसंघ दिवस मनाइँदैछ । सन् १९४८ देखि हरेक वर्षको अक्टोबर २४ तारिखमा संयुक्त राष्ट्रसंघ दिवस मनाइन्छ । दिवसको अवसरमा संयुक्त राष्ट्रसंघको गठन, कार्य र उद्देश्यका बारेमा जानकारी गराउन विभिन्न कार्यक्रम हुने गरेको छ ।
राष्ट्रसंघ दिवसका अवसरमा नेपाली सेनाले काभ्रेको पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विशेष कार्यक्रम गर्दैछ । यसैबीच, विश्व विकास सूचना दिवस पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।