राजनीति

तारागाउँको ३४ रोपनी जग्गामा भूमाफियाको गीद्धे नजर, सर्वोच्चले मगायो सक्कल फाइल

योहो संवाददाता

काठमाडौँ – तारागाउँ विकास समितिको स्वामित्वमा रहेको ३०४ रोपनी जग्गामध्ये ३४ रोपनी जग्गामा पुनः भूमाफियाले आँखा लगाएका छन्। बौद्ध क्षेत्रका स्थानीयहरुले २०३४ सालमै सरकारले अधिग्रहण गरेको जग्गामा आफ्नो दावी गर्दै सर्वोच्चमा मुद्दा हालेका छन्।

सर्वोच्चमा दायर मुद्दाको विषयमा बुधबार सर्वोच्चले मालपोत कार्यालय चावाहिलसँग सबै सकल फाइल मगाउने गरी पत्र काटेको छ। सर्वोच्चले कार्यालयलाई पत्र लेख्दै सबै सक्कल फाइल पठाउन भनेको छ।

जसमा पर्यटन मन्त्रालय तथा उद्योग तथा वाणिज्य मन्त्रालयलाई समेत बोधार्थ दिइएको छ। वडा नम्बर ६ को कित्ता नम्बर ६,९,११,१२, १३, १७,१८,६४,१४ तथा १०२,१०३,११६,९५,९६ र २५१ नम्बरको प्लटमा आफ्नो भएको दावी गर्दै गोप कुमारी थापा र कुवेश शम्सेर थापाले हक दावी गर्दै मुद्दा दायर गरेका थिए ।