काठमाडौँ – इटालीमा एक निजी विमान दुर्घटना हुँदा एकै परिवारका ८ जनाको मृत्यु भएको छ । रोमनियाका धनाढ्य अर्वपति ६८ बर्षिय डान पेट्रेस्कुसहित उनका श्रीमती, छोरा र अन्य पारिवारिक सदस्यको विमान दुर्घटनामा परी मृत्यु भएको हो ।
सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडेको विमान एक भवनमाथि खसेको थियो । उक्त भवनको पार्किङमा राखिएका दर्जनौ गाडीहरु आगलागी भई ध्वस्त भएको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् । केही प्रत्यक्षदर्शीले एकल इन्जिन रहेको पिलाटस पीसी–१२ विमानको चालक पनि स्वयम् पेट्रेस्कु नै भएको भएको जनाएको छ । विमान दुर्घटना हुनु अघि नै आगोका लप्काहरु देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । पेट्रेस्कु रोमानिया सबैभन्दा धनी व्यक्तिहरु मध्येमा पर्दछन् ।


प्रतिक्रिया