काठमाडौँ – अफगानिस्तानको पञ्जशीर प्रान्त आफ्नो नियन्त्रणमा लिएको तालिवानले दाबी गरेको छ । प्रवक्ता जबिहुल्लाह मुजाहिदले पंजशीर उपत्यका पूर्ण रुपमा आफूहरूको कब्जामा आएको बताएका हुन् । पंजशीर कब्जाका क्रममा सर्वसाधारणको मृत्यु नभएको तालिवानले दाबी गरेको छ ।
राजधानी काबुलबाट एक घण्टाको दूरीमा रहेको यो उपत्यका तालिबानको कब्जाबाहिर रहेको एक मात्र प्रान्त थियो । जुन प्रान्त अफगानिस्तानको सबैभन्दा सानो प्रान्त हो । यद्यपि, तालिबानविरुद्ध लडिरहेको विरोधी बल नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) ले तालीवानको दाबी अस्वीकार गरेको छ ।


प्रतिक्रिया