काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्कसको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत नौ जना उपभोक्ताले यामाहाका मोटरसाइकल तथा स्कुटर जितेका छन्। देशका विभिन्न सहरका उपभोक्ता विजेता बनेसँगै कम्पनीको पुरस्कार अभियानले निरन्तरता पाएको छ।
अभियानअन्तर्गत सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन्। बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल हात पारेका छन्। त्यस्तै, बुटवलका नरबहादुर फौगाडले स्कुटर र धनगढीका मोहन श्रेष्ठले मोटरसाइकल जितेका छन्।
पछिल्लो चरणमा सार्वजनिक भएका चार विजेतामध्ये जनकपुरका कौटल्य कुमार सिंह र बिर्तामोडका तेज नारायण सिंहले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। धरानका मनोज कुमार अधिकारी र वीरगञ्जका रमेश बस्नेतले यामाहा रे जेडआर स्कुटर हात पारेका छन्।
कम्पनीका अनुसार अभियानमा कुल १८ वटा यामाहा एफजेड एफआई मोटरसाइकल र १८ वटा यामाहा रे जेडआर स्कुटर पुरस्कारका रूपमा राखिएका छन्। यसबाहेक एक जना भाग्यशाली उपभोक्ताले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्नेछन्।
यसरी अभियानमा कुल ३७ वटा सवारीसाधन पुरस्कारका रूपमा उपलब्ध छन्। तीमध्ये हालसम्म नौ वटा मोटरसाइकल तथा स्कुटरका विजेता सार्वजनिक भएका छन्। बाँकी २७ वटा दुईपाङ्ग्रे सवारीसाधन र एउटा कारको विजेता घोषणा हुन बाँकी छ।
दशैंको उत्साह र उपभोक्तालाई आकर्षक पुरस्कारको अवसर प्रदान गर्ने उद्देश्यसहित सञ्चालन गरिएको अभियान देशका विभिन्न स्थानका उपभोक्तासम्म पुगेको कम्पनीले जनाएको छ। बनेपा, बुटवल, धादिङ, धनगढी र सुर्खेतसँगै जनकपुर, बिर्तामोड, धरान तथा वीरगञ्जका उपभोक्ता विजेता बनेका छन्।
‘हरेक क्यानमा ऊर्जा र हरेक जितमा नयाँ उत्साह’ भन्ने सन्देशसहित सञ्चालन भइरहेको अभियानमा थप विजेता सार्वजनिक हुने क्रम जारी रहने कम्पनीले जनाएको छ। अब बाँकी पुरस्कारमध्ये सबैभन्दा आकर्षणको केन्द्रमा रहेको प्रोटोन कार कसले जित्नेछ भन्ने चासो उपभोक्तामाझ बढेको छ।


प्रतिक्रिया