काठमडौँ – अफगानिस्तानमा रहेका आफ्ना नागरिकको उद्धारको व्यवस्था मिलाउने सम्बन्धमा बेलायतले तालिबानसँग वार्ता थालेको छ ।
बेलायती अधिकारी र तालिबानका शीर्ष सदस्यबिच वार्ता कुराकानी भइरहेको बेलायती प्रधानमन्त्री कार्यालयले जनाएको छ । वार्ता कतारको दोहामा भइरहेको हो ।
अफगानिस्तानमा अझै पनि १५०–२५० जना योग्य व्यक्ति र उनीहरुका परिवार रहेको बेलायती रक्षा मत्रीले सांसदहरुलाई जानकारी गराएको बिबिसीले उल्लेख गरेको छ ।
तालिबानले देश छोड्न चाहने योग्य व्यक्तिहरुलाई जान दिने बताएको छ । यसैबिच भारत र तालिबानबिच पनि दोहामा वार्ता भएको छ । भारतको विदेश मन्त्रालयले त्यसको पुष्टि गरेको छ । अफगानिस्तानमा रहेका भारतीयको सुरक्षित उद्धारका सम्बन्धमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
यस्तै आतंकवादलाई लिएर पनि भारतले चिन्ता व्यक्त गरेको उल्लेख छ । तालिबानले भारतको चिन्ताको समाधान गरिने आश्वाशन दिएको जनाइएको छ ।
भारतका राजदूत दीपक मित्तल र तालिबानको राजनीतिक कार्यालयका प्रमुख शेर मोहम्मद अब्बास स्टानिकजईबिच वार्ता भएको हो ।अमेरिकी सैनिक सोमबार फिर्ता भएसँगै अफगानिस्तान पूर्ण रुपमा तालिबानको नियन्त्रणमा गएको छ ।


प्रतिक्रिया