Breaking

देउवाका खास नेतालाई गगनको लात, सेटिङ गरेरै हराए, चिटमा यो हदको बदमासी, होटलमा बुनिएको सेटिङ (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– सर्वाधिक मतसहित कांग्रेसको सभापति छानिएका गगन थापामाथि पार्टीभित्रै गम्भीर विश्वासघातको आरोप लागेको छ । १५ औँ महाधिवेशनको नतिजाले शेरबहादुर देउवा पक्षबाट आएका नेताहरुको कमजोर उपस्थिति देखाउँदा थापाको वचन र चिर्कटो रणनीति चर्चामा छ । जहाँ गगन सहितका नेताहरुले नै वचन विपरीत गएर आफू पक्षका नेताहरुको नामसहित चिर्कटो बाँडेपपछि देउवा पक्षबाट आएका नेताहरु असन्तुष्ट बनेका छन् । किनकी थापा र विश्वप्रकाश शर्माको आश्वासनकै वलमा चुनाव लडेका अधिकांश नेता पराजित हुन पुगेका छन् ।यो सूचीमा उपसभापतिका उम्मेदवार धनराज गुरुङ, सुरेन्द्रराज पाण्डे, सीता गुरुङ, गोविन्द्र भट्टराई, दीपक गिरी, रञ्जित कर्ण, फरमुल्ला मन्सुर महामन्त्रीका उम्मेदवार सुनिल शर्मा, नैनसिंह महर, महालक्ष्मी उपाध्याय ‘डिना’ र सहमहामन्त्रीका उम्मेदवार जीवन परियार लगायतका नेताहरु छन् । उपसभापतिमा मधु आचार्य, महामन्त्रीमा प्रदीप पौडेल र सहमहामन्त्रीमा अजयबाबु सिवाकोटीलाई जिताउन थापाले बलियो लबिङ गरेको विषय सार्वजनिक भएको छ । उपसभापतिका उम्मेदवार धनराज गुरुङले सर्वाजनीक रुपमै आफु अनुकुलका व्यक्तिहरुलाई जिताउन गगन थापाले लिस्ट बाँडेको बताएका छन् । जहाँ दुई थरि बाँडिएको लिस्टमा आफ्नो नाम नभएको उनको ठोकुवा छ ।