काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन चर्चित नेताहरुले नै पराजय ब्यहोर्नु प¥यो । यसमा बलियो बैचारिकी भएका नेतासम्म परेका छन् । अर्कोतर्फ धेरै नेताहरुले भने आफ्नो राजनीतिक करियरमै महत्वपूर्ण फड्को मारेका छन् । कसले लज्जास्पद हार व्यहोरे र कसले फड्को मारे त ?
सुरुवातमा जानौँ चर्चित नेताहरुमा कसले हार व्यहोरे ?
यो सूचीको पहिलो नम्बरमा आउँछन्, गुरुराज घिमिरे । विशेष महाधिवेशनको पहिलो हस्ताक्षरकर्ता समेत रहेका उनी महामन्त्री बनेका थिए । तर, उनले आफ्नो राजनीतिक करियरमा चुनावमा पराजयको क्रमभंगता गर्न सकेनन् । उनीसँगैका प्रदीप पौडेल महामन्त्रीमा दोहोरिँदा उनले भने एक हजार ५१३ मत मात्र पाए ।
अर्का नेता हुन् श्यामकृष्ण खड्गी, जो सभापति थापासँगै भिडेका थिए । उनले ३७५ मत मात्र ल्याउन सके । उनले पाएको मत थोरै भए पनि सभापतिसँगै भिडेकाले निकै चर्चा बटुले । यो उनका लागि सकारात्मक पाटो रह्यो । प्रतिशतको आधारमा कम भए पनि भोट संख्याको आधारमा विगतमा कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहभन्दा धेरै मत उनले पाएका छन् ।
Breaking


प्रतिक्रिया