काठमाडौं– ३५ वर्षसम्मका भ्रष्टाचारका फाइल खोल्ने हुँकार दिएर आएको रास्वपालाई आफ्नै मन्त्री र सांसदका काण्ड सम्याउन धौ धौ परेको छ । चुनाव जित्न पुराना नेता सबै भ्रष्ट, नयाँ सोह्रै आना ठिक भन्ने एकोहोरो भाष्य बनाए । सभापति रवि लामिछानेले त १०० दिन मात्र सरकार चलाउन पाए उलटपुलट गरिदिने । तीनवटा मात्र फाइल खोले पनि अधिकांश नेता संसदमा होइन जेलमा हुने । तर, त्यसका लागि फिस्टे चराको नभई सिंहको मुटु भएको मान्छे सरकारमा पुग्नुपर्ने दाबी गर्थे । प्रधानमन्त्रीको मुटु फिस्टे चराकै परेर हो वा के भएर हो अरुका काण्ड खोल्नु त परै जावस आफ्नै काण्डको भार थाम्न रास्वपालाई अप्ठ्यारो परिरहेको छ ।
जनताले पनि रास्वपालाई पत्याएर बहुमत मात्र नभइ झन्डै दुई तिहाइ मत दिएर पठाए । रास्वपाको नेतृत्वमा सरकार बनेको छ महिनाभन्दा बढी भइसकेको छ ।
Breaking


प्रतिक्रिया