काठमाडौं– नेपालको राजनीतिमा अनेकौँ उतारचढाव भोगेका नेतामध्ये एक हुन्— शेरबहादुर देउवा । दरबारसँगको निकटतादेखि टकरावसम्म, नेपाली कांग्रेसको विभाजनदेखि पुनः एकतासम्मको राजनीतिक यात्रा तय गरेका ‘सुदूरपश्चिमका शेरे’ अर्थात् शेरबहादुर देउवा जेनजी आन्दोलनपछि अहिले फेरि राजनीतिक मैदानमा सक्रिय देखिएका छन् । पाँचपटक प्रधानमन्त्री र दुईपटक नेपाली कांग्रेसको सभापति बनिसकेका देउवा जीवनको उत्तरार्धमा पुनः आफ्नो राजनीतिक विरासत जोगाउने अभियानमा जुटेका छन् । कुनै समय आफैँले प्रधानमन्त्री बनाएका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गठबन्धन गर्दै सत्ता सहयात्रा गरेका देउवाले पटक–पटक राजनीतिक धोका पाउँदा पनि उनीहरूमाथि विश्वास गर्न छाडेनन् । तर, अहिले भने उनी आफ्नै पार्टीभित्र राजनीतिक अस्तित्व र नेतृत्वको वैधता स्थापित गर्ने चुनौतीको सामना गरिरहेका छन् । गत वर्षको भदौमा भएको जेनजी आन्दोलनमा भौतिक आक्रमणसमेत व्यहोरेका देउवा त्यसलगत्तै पत्नी आरजु राणासँगै सिंगापुर गएका थिए । पाँच महिनाभन्दा लामो समय विदेशमा उपचार गराएर स्वदेश फर्किएका देउवा पार्टी संगठन सुदृढीकरण र आफ्नो समूहको राजनीतिक शक्ति प्रदर्शनमा सक्रिय भएका हुन् ।
Breaking


प्रतिक्रिया