काठमाडौं– नेपालका प्रधानमन्त्रीले विदेश भ्रमणअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत तथा राजनीतिक दलका नेताहरूसँग परामर्श गर्ने अभ्यास रहँदै आएको थियो । तर प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो पहिलो राजकीय भारत भ्रमणका क्रममा विगतको उक्त परम्परालाई तोडेका छन् । भ्रमणअघि कुनै पनि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री वा प्रमुख राजनीतिक दलका नेताहरूसँग औपचारिक छलफल नगरी उनी भारत जान लागेका हुन् ।
यसअघि प्रधानमन्त्रीको विदेश भ्रमणलाई राष्ट्रिय सहमति र साझा कूटनीतिक एजेन्डासँग जोडेर हेर्ने गरिन्थ्यो । तर यसपटक सरकारले प्रमुख प्रतिपक्षी दलसहित अन्य राजनीतिक दल र विज्ञहरूसँग परामर्श नगरेको भन्दै प्रश्न उठिरहेको छ । कांग्रेस सभापति गगनकुमार थापाले सरकारले सुझाव नमागेकोप्रति असन्तुष्टि जनाउँदै यस्तो अवस्थामा आफूहरूले सुझाव दिँदै हिँड्नुको औचित्य नरहेको बताएका छन् । छिमेकी मुलुक भारतसँगको सम्बन्धजस्तो महत्वपूर्ण र सम्बेदनशील विषयमा सबै राजनीतिक दल र सरोकारवालासँग छलफल हुनु आवश्यक रहे पनि त्यसो हुन नसकेको उनको गुनासो छ ।
Breaking


प्रतिक्रिया