Breaking

रास्वपा ठेगान लगाउन हौसियो एमाले, ओलीकै काउन्टर, हिसाब निकाल्दै, महेशले आन्दोलन छेड्ने (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– आफैँ तंग्रिएर उठ्न नसकेको एमाले रास्वपासँग पासा पल्टाउने खेल खेलिरहेको छ । आफ्नो चरित्रभन्दा रास्वपाकै कारण हातमा रहेको खाइपाइ आएको सत्ता गुमेको निष्कर्ष निकाल्ने एमाले सरकारलाई गुण र दोषभन्दा हरेक कामलाई दोषी नजरबाट मात्र हेर्छ । अलोचना स्वभाविक भए पनि वर्गशत्रु मानेर एमाले अघि बढेको देखिन्छ । आफ्नै पार्टीमा अनेकन असन्तुष्टी र नेतृत्व छाड्न आइरहेका तीव्र दबाबहरुलाई दबाउँदै अध्यक्ष केपी शर्मा ओली नै सक्रिय छन् । कार्यकर्तालाई प्रशिक्षण दिइरहेका छन् । सबैभन्दा जोखिमयुक्त समयमा समेत जेनजी आन्दोलनकै अपव्याख्या गर्ने ओली अहिले भने अब डराएर नहुने र मैदानमै उत्रनुपर्ने निष्कर्ष सुनाइरहेका छन् ।
हुन त सरकारका कामहरुप्रति स्वयं रास्वपा नै पनि सन्तुष्ट छैन । तर, यही विषय एमालेका लागि मुख्य खजाना बनेको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन समेत विचौलिया इनम सापकोटासँग मुछिएको विषयलाई एमालेले खास मु्द्दा बनाएको छ । बेनले इनमको मोबाइन प्रहरीलाई थमाउनुअघि दुई दिन आफूसँगै मोबाइल राखेर केही प्रमाण बाँडेको र आफूसँग सुम्बन्धित मेटाएको आरोप छ ।