Breaking

बालेनको एक्सनमा रविको सिधाकुरा,ममता केस–नरेशको डरलाग्दो खुलासा !

योहो संवाददाता

काठमाडौं । अग्नि साक्षी राखेर, विवाह मण्डपलाई तीन फन्को लगाउँदै सात जुनी सँगै जीउने कसम खाएर सिउँदो रंग्याएको मान्छेबाटै टुक्राटुक्रा हुनुपर्छ भन्ने सायदै कसैले कल्पना गरेको हुन्छ । तर ममता काफ्लेको जीवनमा यस्तै मोड आयो । वर्ष दिन नपुगेकी छोरीकै अगाडि पति भनेर पुज्दै आएको नरेश भट्टले नै ममतालाई टुक्रा टुक्रा पारे । फोहोरको पोका सँगै फाले । जुन कुरा २ वर्ष पछि बिहीबार मात्र भट्टले भर्जिनिया स्थित अदालतमा स्वीकार गरेका छन् । तर, हत्या भने उनले स्वीकारेका छैनन् । आत्महत्या गरेको दाबी गर्दै आएका नरेशले अदालतमा दिएको पछिल्लो बयानले घटनालाई झन् पेचिलो बनाएको छ । आखिर नरेशले किन शव टुक्राटुक्रा पारे ? अभियोजन पक्षले उनीविरुद्ध कस्ता प्रमाण जुटायो ? अनि हत्या प्रमाणित नभए उनले कस्तो सजाय पाउन सक्छन् ? हेरौँ यो रिपोर्ट