Breaking

खगेन्द्रको प्रमाण खोजिँदै, इन्कारी बयान यस्तो, क्ष्न्ए समेत चुपचाप, बालेनसँगको कनेक्सन के ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– हात र घाटीमा साङ्ला भिर्ने, कहिले अदालत जलाईदिने, कहिले प्रहरी त कहिले कसैमाथि ललकार्ने धम्की दिने, गोली ठोक्न चुनौती दिने खगेन्द्र सुनार । अहिले आफ्नै बिभिन्न चाहिने नचाहिने अनेकथरी हरकतले बदनामित बनेका छन् ।
अब बालेन शाहलाई जोगाउने उनका खरा शब्दमा पनि जनताले अश्लिलता र अमर्यादा मात्र देख्न थालेका छन् । आफू दूधले नुहाएकोझैँ गरी अरुलाई नैतिकताको पाठ पढाउने खगेन्द्र आफैँ नैतिकताको कसीमा परेका छन् । एक महिलासँग उनले गरेको अश्लिल र अराजक कुराकानीको अडियो सार्वजनिक भएसँगै दबाबमा आएका सुनारलाई जोगाउने प्रयास भइरहेको आरोप लागेको छ ।
अडियोमा सुनिए अनुसार ती महिला र खगेन्द्र प्रेमसम्बन्धमा थिए । त्यसकै फाइदा उठाउदै खगेन्द्रले पैसाको बाग्रिनिङ गर्दा कुरा नमिलेपछि गालीगलौज गरिको देखिन्छ ।
अडियो सार्वजनिक भएको दुई दिनपछि दाङको एउटा सुनसान गाउँबाट भिडिओ सन्देश जारी गरी स्वर आफ्नो नभएको र एआईबाट तयार पारिएको दाबी गर्दै पन्छिए । तर, पार्टीको अनुशासान आयोगले नै अनुसन्धान थालेपनि उनको बोली फेरिएको छ ।