काठमाडौं– सांसद खगेन्द्र सुनार, चर्चा र विवादका पर्याय । अहिले भने सुनार चर्चाभन्दा बढी विवादमा छन् । एक महिलालाई अश्लिल शब्द प्रयोग गरी गालीगलौज र धम्की दिएका सुनारमाथि कारबाहीको चौतर्फी माग उठिरहेको छ । सुनारका एकपछि अर्को कुराकानीका अंश सार्वजनिक भइरहँदा उनी भने एआई भन्दै पन्छिन खोजिरहेका छन् । रास्वपाले छानबिन भइरहेको बताए पनि ‘राइट टू रिकल’सम्मका प्रावधानको खास जाँच समेत सुरु भएको छ । चौतर्फी दबाबपछि पार्टीको अनुशासन आयोगले प्रमाण संकलन थालेको र आरोप प्रमाणित भए संरक्षण नगर्ने स्पष्ट पारेको छ । विवादमा तानिएपछि सुनारलाई पदीय हैसियतले सार्वजनिक कार्यक्रममा जान पार्टीले रोक लगाएपछि उनी काठमाडौँ फर्किसकेका छन् । पार्टीले पनि राज्यको स्वतन्त्र अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त हुने निष्कर्षका आधारमा पार्टीले कानुन र विधानबमोजिम थप कदम चाल्ने बताइरहेको छ ।
Breaking


प्रतिक्रिया