काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फेरि एक पटक सर्वेसर्वा मान्दै देवत्वकरण गरिएको छ । एमालेमा ओलीको देवत्वकरण गरिएको यो पहिलो पटक भने होइन । पार्टीमा सबैको ‘बा’ बन्न रुचाउने ओली अब ‘बा’ मात्रै रहने छैनन्; उनमा भगवान् नै बन्ने रहर जागेको छ । किनकि उनी अहिले भगवान् बन्ने पथमा छन् । पार्टीभित्र उनले गरेका सबै गल्ती क्षम्य हुने, तर अरू कसैले फरक विचार राखे पार्टीबाटै लखेट्ने ओलीको नीति नै बनेको छ । ओली आफूवरिपरि आफ्नो गुनगान गाउने ‘हनुमान’हरू मात्रै देख्न चाहन्छन् । उनको भन्दा फरक विचार राख्नेहरूको भविष्य एमालेमा छैन । कि घोक्रेठ्याक लगाएर लखेटिन्छन्, कि त भित्तामा पु¥याएर उठ्नै नसक्ने बनाइन्छ । विगत एक दशकदेखि एमालेमा यस्तै चल्दै आएको छ ।
Breaking


प्रतिक्रिया