काठमाडौं– नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँको खुलामञ्चमा सुरु भएको छ । देशभरबाट करिब सात हजारभन्दा बढी प्रतिनिधि सहभागी भएका छन्, जहाँ युवाहरूको सहभागिता उल्लेख्य देखिएको छ । यसलाई पार्टीले ऐतिहासिक महाधिवेशनको संज्ञा समेत दिएको छ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प ः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने मूल नाराका साथ सुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न जातजातिको कला संस्कृति झल्किने झाँकीसमेत प्रस्तुत गरियो ।
Breaking


प्रतिक्रिया