Breaking

बालेनलाई सर्वोच्चको झड्कै झड्का, प्रधानन्यायाधीशको यूटर्न, सरकारलाई कहाँ–कहाँ लाग्यो ब्रेक ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– प्रधानमन्त्री बालेन शाहलाई अहिले सबै भन्दा ठुलो तगारो केही बनेको छ भने त्यो अदालत नै बनेको छ । १०० किमि प्रतिघण्टाको गतिमा कुदिरहेको सरकारलाई समय समयमा अदालतले गन्तव्यमा नपुग्दै ब्रेक लगाइदिने गरेको छ । सरकार सञ्चालनकोे ६ महिनाकै अवधिमा सरकारका कतिपय निर्णयहरू विवादमा मात्र परेका छैनन्, अदालतबाट उल्टिने काम पनि भइरहेको छ । यो अवधिमा सरकारले प्रशासनिक सुधारदेखि विकास निर्माणको जग बसाल्ने भन्दै एक्सप्रेस वेमा कुँदेको दबी गरेको थियो । तर अदालतले बालेनले दाबी गरेको एक्सप्रेस वेको गतिलाई ‘क्रुज कन्ट्रोल’मा राखिदिएको हो ।
युवाले भरिएको मन्त्रिमण्डल र सरकारसँग आम नागरिकले सुशासन र विकासको अपेक्षा त गरि नै रहेका छन् । तर विकसित केही घटनाक्रम र अदालतका निर्णयले यो अपेक्षा नै धरापमा पर्ने त होइन भन्ने आशंका बढेको छ । सरकारलाई धक्का लागेका केही प्रकरणबारे चर्चा गरौँ ः