देश

गृहमन्त्री सुधनले फेरि ललकारे, रक्षा र माजिदलाई बाइकट, कार्यक्रममै लफडा, कसले मच्चायो भाँडभैलो ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको जगमा देशको राजनीतिक कोर्स नै बदलियो—संसद् विघटन भयो, नयाँ निर्वाचनमार्फत बालेन्द्र शाह नेतृत्वको सरकार सत्तामा पुग्यो । तर, जेनजी आन्दोलनको वर्ष दिन पुगेसँगै सरकारले घोषणा गरेको जेनजी शहीद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङकै ठूलो हुँकार सुनियो । नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्राङ्गणमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको स्मृति दिवस कार्यक्रममा मन्त्री, सांसद, घाइते तथा शहीद परिवार सहभागी भए । सोही सभामा गृहमन्त्री गुरुङ पुराना राजनीतिक दलहरूमाथि आक्रामक रुपमा प्रस्तुत भए । जेन–जी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान भएको जिकिर गर्दै उनले यो आन्दोलन कसैले फेर्न नसक्ने इतिहास बनिसकेको दाबी गरे । गृहमन्त्री गुरुङले जेनजी आन्दोलनलाई अपमान गर्नु भनेको ३ करोड जनतालाई अपमान गर्नु भएको उल्लेख गर्दै पुराना दललाई सुध्रिन चेतावनी दिए ।