Breaking

भोटेकोशीको वितण्डा : १३ दिनमा सरकारले केके ग¥यो ?, बालेनका १२ फेसबुक स्टाटसको फेहरिस्त (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– विश्वलाई नै स्तब्ध बनाउने गरी रसुवामा आएको विनाशकारी बाढीपछि राज्य केवल ‘राष्ट्रिय शोक’को औपचारिकतामा सीमित बन्दा कयौँले सिङ्गो परिवार गुमाएका छन् भने कयौँ बालबालिका कलिलै उमेरमा टुहुरा बनेका छन् । आफन्तको खोजीमा भौँतारिँदा–भौँतारिँदै नौनारी गलिसक्दा पनि पीडितहरूले आफन्त भेटिने आशा अझै मारेका छैनन् । विभिन्न जलविद्युत आयोजनाका चारवटा सुरुङ उत्खनन भइरहँदा ‘कि सास, कि लास’ पाउने झिनो आशमा सुरुङको मुखमा एक तमासले हेर्दै आफन्तलाई पर्खिरहेकाहरू थुप्रै छन् । त्यति मात्र होइन, उद्धारमा राज्य लाचार देखिएको भन्दै आफ्ना आफन्तको खोजी गरिदिन माग गर्दै पीडितहरू सडकमा उत्रिन थालेका छन् । सोमबार पीडितका आफन्तहरुले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरे । उद्धार कार्य प्रभावकारी नभएको र सुरुङभित्रको वास्तविक अवस्थाबारे सरकारले कुनै सूचना नदिएको उनीहरूको आक्रोश छ ।