काठमाडौं– निर्वाचनमा झण्डै २ तिहाइ मत पाएपछि रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले देशलाई कायपलट गर्ने अठोट लिएका थिए । तर एकपछि अर्को विपद्को सामना गर्न बाध्य हुनुपर्दा ति अठोट अलपत्र छन् । तत्कालीन शीर्ष नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँगको लडाइमा जित हासिल गरेपछि विश्राम मार्न नपाउँदै उनीहरु प्रकृतिले दिएको चोट पुर्न अर्को लडाइ सुरु गर्न बाध्य छन् । रसुवा बाढीपछि उनीहरु संयुक्त राष्ट्रसंघदेखि विश्वका शक्तिराष्ट्रसँग अधिकारको लडाइ लड्नुपर्ने बाध्यतामा छन् । बाइट ः मनिष झा, नेता, रास्वपा
सरकारको चाहना थियो– चुनावी बाचा अनुसार सुरुमा भ्रष्टहरुलाई धमाधम थुन्ने । सुशासन कायम गर्ने र सेवा प्रवाहलाई चुस्त बनाउने । शीर्ष नेताहरुको सम्पत्ति छानविन गर्ने । यस अभियान अन्तर्गत पूर्व मन्त्रीहरु विष्णु पौडेल, दीपक खड्का, विक्रम पाण्डेलगायत पक्राउ पनि परे । बिचौलिया दीपक भट्ट र उनीसँग कारोबार गरेर अकुत आर्जन गरेका दर्जन बढीविरुद्ध मुद्दा दायर भयो । कर्मचारी तन्त्रदेखि विभिन्न अड्डामा भएका राजनीतिक नियुक्ति भंग गरेर सेटिङको साम्रज्य भत्काउन सरकार सफल भयो । बेथितिविरुद्धको लडाइ जारी थियो ।
Breaking


प्रतिक्रिया