देश

भोटेकोशी सुरुङ तरंग, ४ देशका सेना भिड्दै, ड्रोनदेखि बमसम्म, सुधनले जे देखे, जीवितै होला उद्धार ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– गत बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षति र त्यसपछिको उद्धार कार्य अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय चासोको विषय बनेकोे छ । बाढी आएको एक साता पुग्दा समेत विभिन्न जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कामदारहरूको अवस्था अझै अज्ञात छ । बेपत्ताका परिवारहरुले आश मार्दै गएका छन् । उद्धारमा भएको ढिलाइले उनीहरुको आक्रोश बढाइरहेको छ ।

यद्यपि, नेपाली सेनासँगै भारत, चीन र दक्षिण कोरियाका विशेषज्ञ सम्मिलित टोलीको सघन खोज तथा उद्धार कार्य र अन्तर्राष्ट्रिय अनुभवहरूले अझै पनि केही आशाका किरणहरू बाँकी नै रहेको देखाउँछन् । किनकी चिलिमा भएको खानी दुर्घटनामा ६९ दिनपछि पनि ३३ मजदुरको सुरुङबाट जीवितै उद्धार गरिएको उदाहरण छ ।