Breaking

भोटेकोशीको महाविपद् : बालेनका खास मन्त्री चुके, आफ्नै बोलीले फसे, जनताको आँसुमा पनि स्टन्ट (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीले अकल्पनीय क्षति पुर्याउँदा आजसम्म पनि खोजी, राहत र उद्धारका कार्य जारी नै छन् । बाढी गएको सात दिन बितिसक्यो, तर कहालीलाग्दो त्यो बाढीले छोडेर गएका दृश्यले अझै पनि प्रत्येकको मन चिसो बनाएको छ । यो विपद् राज्यको व्यवस्थापन क्षमताभन्दा पनि ठूलो भएका कारण सरकारलाई हरेक क्षेत्रबाट साथ, समर्थन र सहानुभूति प्राप्त भइ नै रहेको छ । राज्यले सम्पूर्ण शक्ति र संयन्त्र उद्धार कार्यमा लगाए पनि अपेक्षाकृत परिणाम भने देखिएको छैन । तर, पनि सरकारी प्रयासको प्रशंसा भइरहँदा सरकारकै केही मन्त्रीहरूको गतिविधि विवादमा पर्दा सरकारप्रति असन्तुष्टि बढिरहेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले यो विपदमा पनि विवादबाट मुक्त हुन सकेनन् । मन्त्री वाग्ले बाढी गएको भोलिपल्टै भारतीय मिडिया एनडिटिभीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रम पूर्वनिर्धारित हुँदा सहभागी भएका अर्थमन्त्री स्वर्णिमले त्यहाँ गरेका छलफल र प्रस्तुति नै आलोचनाको विषय बन्यो । देशमा विपद् परेको बेला अर्थमन्त्रीले सहयोगको अपिल गर्दै उक्त मञ्चको भरपुर सदुपयोग गर्न सक्ने भए पनि कार्यक्रमको मुख्य विषयवस्तु स्वर्णिमको राम्रो अंग्रेजी बोल्न सक्ने क्षमता बन्दा विपद्को मुद्दा छायामा पर्यो ।