काठमाडौँ – शंकर ग्रुपले रसुवा बाढीपीडितहरूको लागि ४ करोड आर्थीक सहयोग गरेको छ । गत भदौ १० गते गएको आकस्मिक बाढीका कारण घरबारविहिन भएका नागरिकहरुको राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले शंकर ग्रुपले ४ करोड आर्थीक सहयोग गरेको हो । शंकर ग्रुपकी निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषमा रु. ४ करोड को चेक हस्तान्तरण गरेका छन ।
यसका साथै विपद्को तेस्रो दिनमा शंकर ग्रुपले गृह मन्त्रालयको समन्वयमा भैरहवाका मुख्य जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकहरूको अस्थायी आश्रयका लागि रु. २५ लाख बराबरको २,५०० थान टार्पोलिन टेन्ट पनि उपलब्ध गराएको छ ।
राष्ट्रिय सङ्कटको बेला सरकार र नागरिकसँग काँधमा काँध मिलाएर उभिनु आफ्नो दायित्व रहेको बताउँदै यो दायित्व भविष्यमा पनि निरन्तर निर्वाह गर्ने प्रतिबद्धता शंकर ग्रुपले जनाएको छ । साथै यस विपद्मा ज्यान गुमाएका सबै दिवङ्गत आत्माप्रति यस ग्रुपले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ ।


प्रतिक्रिया