गायक योगेश्वर अमात्य दाम्पत्तिको तर्फबाट बाढी पीडितलाई १ करोड १० लाख सहयोग रसुवाको भोटेकोशी बाढीका पीडितलाई गायक योगेश्वर अमात्यको परिवारले १ करोड १० लाख रुपैयाँ सहयोग गरेका छन् । काठमाडौंको छाउनी निवासी गायक अमात्यले श्रीमती मंगला अमात्यको नाममा बाढी पीडितलाई सहयोग गरेका हुन् । मंगलबार प्रतिनिधि अरुण श्रेष्ठमार्फत एक करोड १० लाख रुपैयाँ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ ।
अमात्य दम्पती यतिबेला बेलायतमा छन् । तर नेपालमा विनाशकारी बाढी आएर देश रोइरहेका बेला उनीहरुले व्यक्तिगत रुपमै यति ठूलो सहयोग गरेका हुन् । यो सहयोगले रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा ठूलो जनधनको क्षति ब्यहोर्न बाध्य आम सर्वसाधारणलाई राहत मिलोस् भन्ने उद्देश्य छ ।
किनकि झण्डै एक हजारको संख्यामा शवहरु फेला परेका छन् भने अझै ४ हजार बढी बेपत्ता छन् । गाँस बास गुमाउने र घरबारविहिन हुनेको संख्या हजारौंमा छ । लिजेण्डरी गायक अमात्यलाई धनको धनीमात्रै नभएर, मनको धनीका रुपमा समेत चिनिन्छ ।


प्रतिक्रिया