रसुवाको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शिवशक्ति ग्रुपले राहत तथा उद्धारका लागि ५१ लाख सहयोग गरेको छ । भोटेकोशी नदीमा आएको आकस्मिक, भीषण एवं विध्वंसकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीलगायत आसपासका क्षेत्रमा भएको अपूरणीय भौतिक तथा मानवीय क्षतिप्रति शिवशक्ति ग्रुप परिवार गहिरो दुःख व्यक्त गरेको हो ।
बाढीमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, प्राकृतिक विपद्मा परी घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।


प्रतिक्रिया