देश

केएल दुगड ग्रुपद्वारा रसुवा र नुवाकोट क्षेत्रका बाढी प्रभावित परिवारलाई खाद्यात्र सामग्री सहयोग

योहो संवाददाता

काठमाडौं–यही भदौ १० गते रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई केएल दुगड ग्रुपले खाद्यात्र सामग्री सहयोग गरेको छ । के एल दुगड ग्रुपले पहिलो चरणमा तत्काल रसुवा र नुवाकोटका बाढीबाट प्रभावित परिवारका लागि दुई ट्रक खाद्यान्न सामग्री राहत विदुरस्थित जिल्ला समन्वयसमितिको कार्यालयमा हस्तान्तरण गरेको जनाईएको छ । उक्त सामाग्री जिल्ला प्रशासन कार्यालयकाप्रशासन अधिकृत होमनाथ दाहालको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

राहत सामग्रीमा प्रभावित परिवारका लागि तत्काल आवश्यक चामल, दाल, नुन, गहुँको पिठो, खानेतेल ,
बिस्कुट, चिउरा, विभिन्न मसला लगायत दैनिकक उपभोगका अत्यावश्यक खाद्य सामग्री समावेश गराईएको
थियो । विपदका कारण दैनिक जिवनयापनसमेत प्रभावित बनेका परिवारलाई तत्काल आवश्यक खाद्य
सामग्री उपलब्ध गराई कठिन समयमा केही राहत पुर्याउने उद्देश्यले ग्रुपले उक्त सहयोग गरेको हो ।
विपद्ले सिर्जना गरेको कठिन परिस्थितिमा खाद्यान्न जस्ता आधारभूत आवश्यकता समेत प्रभावित परिवारका
लागि चुनौतीपूर्र्ण बनेको अवस्थामा उनीहरूको दैनिकीमा केही सहजता ल्याउने उद्देश्यले राहत सामग्री
उपलब्ध गराइएको के एल दुगड ग्रुपले जनाएको छ ।

बाढीका कारण सडक सञ्जालमा पुगेको क्षति र बाटोको समस्याले गर्दा ग्रुपले राहत सामग्रीहरू
चरणबद्ध रूपमा प्रभावित क्षेत्रमा पुर्याएको जनाएको छ । संकटको समयमा प्रभावित पररवारसँगै उभिदै
मानवीय सहयोग प्रदान गर्नुआफ्नो सामाजिक उत्तरदायित्वको एक हिस्सा रहेको पवन ग्रुपले बताएको छ ।
दुुःख र पीडाको यस कठिन घडीमा प्रभावित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै के एल दुगड ग्रुपले
यस्तो सहयोग तथा मानवीय सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

सन्१९८९ मा स्थापित के एल दुगड ग्रुप नेपालको एक प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना र
कम्पनीहरूको समूह हो। यस ग्रुपले मुख्यतया खाद्य सामग्री, खानेतेल, सिमेन्ट र इलेक्ट्रोनिक्स
उत्पादनहरूको उत्पादन तथा बजारीकरण गर्दै आइरहेको छ। ग्रुप अन्तर्गत बजारमा ज्ञान, स्वस्तिक
सनफ्लो, धारा, धारा हेल्थ, मेजान, हिमालय कफी, चोकोलाटी, युनाइटेड सिमेन्ट्स, स्काइवर्थ औरा, र
लिभप्योर लगायतका प्रख्यात तथा लोकप्रिय ब्रान्डहरू रहेका छन्।