Breaking

तथ्यांकमा हेरौँ बालेनले जगाएको आस, उत्पादन र निर्यात बढ्यो, सरकारी अड्डामा स्वदेसी उत्पादन (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– पुराना दल र नेताप्रतिको वितृष्णाको उपज मानिएको जेन्जी आन्दोलनले देशलाई निर्वाचनमा मात्र लगेन काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन शाहलाई देशकै प्रधानमन्त्री बनायो । उनी आबद्ध दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले पनि जनतामा ठूलो आशा जगायो । बालेनकै नेतृत्वमा सरकार गठन भएपछि जनताको आशा र अपेक्षा झन् आकासिए । सरकार बनेको चार महिनामा बालनले केही आशा जगाउने काम गर्न सफल भएका छन् । घाटामा रहेको डिडिसीलाई उकास्नका लागि आफै ब्रान्ड एम्बेस्डर जस्तै भएर प्रचार गरे । यसपछि डिडिसीको कारोबार पनि बढेको छ । त्यति मात्र होइन अहिले डिटिसीको उत्पादन पहिलो पटक विदेशमा सप्लाई भएको छ । अहिले मध्यपूर्वका सबै देशमा डिडिसीको निर्यात गर्ने गरी निजी क्षेत्रसँग सम्झौता भइसकेको छ । जापान र दक्षिण कोरियामा समेत निर्यात गर्नेगरी तयारी समेत भइरहेको छ ।