काठमाडौं–‘ये भजनकीर्तनानि गायन्ति वा शृण्वन्ति वा, तेषु आनन्दं लभन्ते,
तेषां आर्थिकसहायतां च ददति, ते स्वर्गे निवसन्ती’
अर्थात् भजन कृतन गर्ने, सुन्ने, भजनमा रमाउने, भजनलाई आर्थिक सहयोग गर्नेहरुको स्वर्गमा बास हुन्छ भन्ने विश्वास छ ।
यीनै विषयलाई आधार बनाएर सनातन धर्म र संस्कृतिलाई बेलायतको नेपाली समुदायमा संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यसहित साझा नेपाली समाज बेलायतको नेतृत्वमा तेस्रो साझा भजन महोत्वस हुने भएको छ । प्रत्येक बर्ष आयोजना गरिने साझा भजन महोत्सव यही ३१ अगस्त २०२६ सोमबारका दिन गरिने भएको हो । मिडलैण्डको सुन्दर नगरि नटिङगममा भजन आयोजना हुँदै गरेको समाजका महासचिव शशांक शर्माले बताए ।
भगवानका् भजाई, जपाई र नचाईको यो कुम्भमेलामा मातृभूमी नेपाल लगायत बेलायतभरबाट सामाजिक एवं धार्मिक अभियन्ताहरुले भजन प्रस्तुत गर्नेछन्। यो भजन महोत्सवमा दोस्रो पुस्तालाई सनातन धर्म र संस्कृतिको महत्वबारे अझ बढी अवगत गराउने काम हुनेछ । साथै सोही स्थानमा ‘दोस्रो साझा भलिबल रनिङ शिल्ड प्रतियोगिता र मिडलैण्ड क्रिकेट लिग–२०२६ को समापन समेत हुनेछ ।
भजन र खेलकुदको यो संगममा उपस्थिति हुन समाजले सबैलाई अनुरोध गरेको छ ।
करिब एक दर्जन भजन मन्डलीहरुले प्रस्तुति दिनेछन् । यो महोत्सवले बेलायतबासी नेपालीहरुमा नेपाली सनातन धर्म र संस्कृतिको जागरण गराउने उद्देश्य छ । सन् २०२४ बाट सुरु गरिएको यो महोत्सवको पहिलो र दोस्रो संस्करणको प्रभावका कारण मठ र मन्दिरमा सीमित रहेको भजनकृतनलाई समुदायमा पु¥याउन सफल भएको छ। खुसिको कुरा त के छ भने, हाल बेलायतको नेपाली समुदायमा हुने व्यक्तिगत भेट र जमघटहरु चाहे ति घर भित्रका हुन् वा पार्कमा गरिने हुन्, मेला पर्व, महोत्सव र कार्यक्रममा भजनकृतन हुने गरेको छ । जहाँ दोस्रो पुस्ताका नेपाली मुलका बेलायतीहरुले समेत आ–आफ्ना भजन समूह बनाई भजनकृतन गरिरहेका छन् ।
समाजका अध्यक्ष नारायण प्रसाद फुयाल र महासचिव शशांक शर्माका अनुसार साझा नेपाली समाज एक नेतृत्वदायी समाज भएकोले बेलायतवासी नेपाली समुदायलाई एक बनाउने खालका कार्यक्रमहरुको आयोजना गर्ने गरेको छ।
तेस्रो साझा भजन महोत्सव २०२६ को व्यवस्थापन र आर्थिक संयोजनको लागि निवर्तमान अध्यक्ष दिपक सापकोटा र ट्रष्टि संयोजक महेश अधिकारीलाई तोकिएको छ । संयोजकद्वयले समाजका ट्रष्टिहरु, संस्थापक लगायतका पूर्वअध्यक्षहरु, साझा नेपाली समाजमा आवद्ध व्यक्तिहरु र बेलायतको मध्यभागमा क्रियाशिल संघ संस्था समाजका अध्यक्षहरुलाई राखि भजन महोत्सव परिचालन समिति गठन गरेका छन् ।


प्रतिक्रिया