काठमाडौं— सुप्रसिद्ध भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । शनिबार हृदयघात भएपछि उपचारका लागि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएकी भोसलेको आइतबार निधन भएको चिकित्सक डा. प्रीत सम्दानीले पुष्टि गरेकी हुन् । पारिवारिक स्रोतका अनुसार उनी फोक्सो र उमेरसँग सम्बन्धित अन्य स्वास्थ्य समस्याबाट पनि पीडित थिइन् । भोसलेको अन्तिम संस्कार सोमबार दिउँसो ४ बजे शिवाजी पार्क शवदाह गृहमा गरिने भएको छ । आठ दशक लामो सांगीतिक यात्रामार्फत भारतीय चलचित्र र संगीतलाई नयाँ उचाइमा पु¥याएकी भोसलेको निधनले संगीत क्षेत्रमा एउटा स्वर्णिम युगको अन्त्य भएको छ ।
आठ दशक लामो सांगीतिक यात्रा ……….
देश


प्रतिक्रिया