Breaking

डेडिकेटेड र ट्रंकलाइनको वक्यौता रकम उठाउने मन्त्री घिसिङको निर्णय


काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकलाई स्थायित्व र विकासतर्फ अघि बढाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।


सोमवार सिंहदरबारमा सम्बन्धित मन्त्रालयका कर्मचारीहरुसँगको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकलाई पुनःनिर्माण, राजनीतिक स्थिरता र समृद्धितर्फ अघि बढाउन आफू कटिवद्ध रहेको समेत बताउनु भयो । उहाँले जेनजी पुस्ताले अपनाएको हिंस्रक बाटो छोडेर समाधानतर्फ लाग्नुपर्नेमा समेत जोड दिनुभयो । उहाँले विगतका कमजोरीलाई नदोहो¥याउन आग्रह गर्दै जिम्मेवारी लिने संस्कृतिको विकास गर्न समेत सबैलाई आग्रह गर्नुभयो ।

यसअघि पदभार सम्हाल्दै मन्त्री घिसिङले डेडिकेटेड र ट्रंकलाइनको वक्यौता रकम असुल्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गर्नुभयो । उहाँले आफू प्राधिकरणको कार्यकारी निर्देशक हुँदा वक्यौता असुल्ने प्रयास गर्नुभएको थियो । तर तत्कालीन सरकारले यसमा रोकावट गरेको थियो ।