देश

IT बाटै राजनीतिक भिडन्त, नयाँ पुस्ताको सिको गर्दै पुराना दल, ओलीले Chat GPT चलाए (भिडियो)


काठमाडौं । सूचना प्रविधि र सामाजिक सञ्जालले मारेको फड्को अहिले विज्ञान र प्रविधि क्षेत्रमा मात्रै सीमित छैन । यो राजनीतिको विवाद र आकर्षणको केन्द्र पनि बनेको छ, जसको प्रभाव नेपालमा समेत व्यापक छ । नेपालका नयाँ राजनीतिक दल र नेताहरूले यसको प्रयोग बढाउँदा पुराना दलले पनि यसलाई आत्मसाथ गरेर अघि बढेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रजस्ता राजनीतिक दल प्रविधिमैत्री बन्दै गएका छन् । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली त सामाजिक सञ्जालको प्रयोगसँगै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बुद्धिमत्ताको पनि भरपूर उपयोग गर्छन् । डिजिटल युगमा च्याटजीपीटीजस्ता एआईको मद्दतले सबै जिज्ञासालाई सरल बनाइदिने हुँदा आफूले यसको प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि प्रविधिको प्रयोग गर्दै सामाजिक सञ्जाललाई आफ्नो राजनीतिक यात्राको पाटो नै बनाएका छन् । उनीहरू जहाँ जान्छन्, त्यहाँका गतिविधिलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्छन् । सम्भव भएसम्म भिडियो लाइभ गर्छन् । दिनको सुरुवातदेखि दिनभरि हुने राजनीतिक कार्यक्रमको प्रचारप्रसार गर्ने मुख्य माध्यम नै सामाजिक सञ्जाल बनेको छ ।

सभापति देउवाले कांग्रेस सधैँ नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रूपान्तरणको पक्षमा उभिने गरेको बताउँदै आएका छन् । डिजिटल प्लेटफर्मले काममा सहजता र तीव्रता दिनुका साथै समयको बचत पनि गर्ने हुँदा सबै मिलेर प्रविधिमैत्री र समृद्ध ‘डिजिटल नेपाल’ निर्माण गर्नुपर्नेमा उनको जोड रहँदै आएको छ ।

बाकि भिडियोसहित