Breaking

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँ र आठ मन्त्रीहरुले लिए शपथ


काठमाडौं । बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीको शपथ लिएसँगै केही मन्त्रीहरूको पनि शपथ भएको छ । प्रदेश प्रमुख दीपक प्रसाद बाँस्कोटाले उनीहरुलाई शपथ खुवाएका हुन् ।

नेपालको संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री बनेका बानियाँ प्रदेशका छैटौँ मुख्यमन्त्री हुन् । उनी कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

मुख्यमन्त्री बानियाँले कांग्रेसका २ र एमालेका ६ गरी ८ जना मन्त्रीहरू सिफारिस गरी प्रदेश प्रमुखले नियुक्त गरेका थिए। आजै ८ जना मन्त्रीहरूले शपथ लिएका छन्। बागमतीमा कांग्रेसका ३७ र एमालेका २७ जना सांसद छन्।