काठमाडौं – झन्डै सात महिना लामो अन्तरालपछि काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बसेको छ । महानगर प्रमुख बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको टसलका कारण १९४ दिनसम्म बन्धक बनेको कार्यपालिका बैठक अन्ततः बजेट पारित गर्नुपर्ने बाध्यात्मक परिस्थितिले बस्न सफल भएको हो । योसँगै महानगरपालिकाभित्र देखिँदै आएको लामो टकरावको पर्खाल तत्कालका लागि तोडिएको छ । त्यसो त प्रत्येक महिना बस्नुपर्ने कार्यपालिका बैठक पछिल्लो पटक गत पुस १४ गते महानगरको १६औँ नगर सभा बसेयता बस्न सकेको थिएन । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरका लागि सम्झौताविपरीत भवन निर्माणमा स्वीकृति दिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाइँसँग महानगर प्रमुख बालेन असन्तुष्ट हुँदा विवाद उत्कर्षमा पुगेको थियो ।
अर्थनीति


प्रतिक्रिया