पोखरा । आहारारा पोखरा गोल्डकपको दोस्रो क्वाटरफाइनलमा आज थ्रीस्टार क्लब र मछिन्द्र फुटबल क्लब भिड्दैछन्।
रोल…
खेल पोखरा रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ । प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा मछिन्द्रले विभागीय टिम एपीएफलाई २–० ले हराउँदै अन्तिम ८ मा स्थान पक्का गरेको थियो ।
थ्रीस्टार भने सिधै क्वाटरफाइनलबाट पहिलो खेल खेल्न लागेको हो ।माघ २२ गतेबाट सुरु भएको प्रतियोगितामा ३ विदेशीसहित १२ टोली सहभागी छन्।
प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।


प्रतिक्रिया