Breaking

बुढासुब्बा गोल्डकप फुटबलको उपाधि एनआरटीलाई


धरान । न्यूरोड टिम (एनआरटी) क्लबले बुढासुब्बा गोल्डकप फुटबलको उपाधि जितेको छ ।

आज धरान रङ्गशालामा भएको फाइनल खेलमा एनआरटीले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले हराउँदै उपाधि जितेको हो । एनआरटीका लागि दुवै गोल हर्ने अडुसेट पोकोले गरे ।

यस्तै चर्च ब्वाइजका अनन्त तापाङले एक गोल गरे । विजेता एनआरटीले १० लाख र उपविजेता चर्च ब्वाइजले पाँचलाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

,नेपाल पुलिस क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको पहिलो क्वाटरफाइनलमा विभागीय टोली पुलिसले ब्रिगेड ब्वाइजक्लब युकेलाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । पुलिसको जीतमा विवेक पाण्डे र रामवजीले एक–एकगोल गरे ।

पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ ।प्रतियोगिताको विजेताले १२ लाख एक हजार रुपैयाँ र उपविजेताले छ लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।।