Breaking

सहकारीसम्बन्धी अध्यादेश पार्टी सभापतिलाई अप्ठ्यारो पार्ने गरी ल्याइएको रास्वपाको निष्कर्ष

योहो संवाददाता

काठमाडौं —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारीसम्बन्धी अध्यादेश आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई अप्ठ्यारो पार्ने गरी ल्याइएको बताएको छ । आजदेखि काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकले सहकारी सम्बन्धी अध्यादेश र संविधान संशोधनबारे कसरी धारणा राख्ने भन्नेबारे पनि छलफल भएको छ ।
रास्वपाले राजनीतिक प्रतिशोधका कारण अफ्ठ्यारो अवस्था सिर्जना भइरहेको पनि निष्कर्ष निकालेको छ । भोलिसम्म चल्ने बैठकमा संगठनको भावी रणनीति, सवलीकरणका बारेमा पनि छलफल भइरहेको नेताहरुले जनाएको छ ।।