समाचार

रुकुम पूर्वको पुथा उत्तरगंगाको उपाध्यक्षमा माओवादीकी नरपुरा बुढा निर्वाचित

योहो संवाददाता

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा तीन हजार ६२७ मत ल्याएर नेकपा (माओवादी केन्द्र)की नरपुरा बुढा निर्वाचित भएकी छन् ।

उनले नेपाली कांग्रेस र नेकपा (एमाले)का गठबन्धनका साझा उमेदवार केशकुमारी तुलाचनलाई पराजित गरेकी हुन् ।

एमालेकी जिल्ला कमिटी उपसचिव तुलाचन कांग्रेसको चुनाव चिह्नमा उमेदवार बनेकी थिइन् । उनले दुई हजार १२८ मत प्राप्त गरिन् ।