देश

रवि पक्राउ परेपछि घण्टीघरमा घम्साघम्सी, ऋक्ष्द्यले पक्रियो, रवि बोल्नै पाएनन्, अडानमा सफल कांग्रेस

योहो संवाददाता

काठमाडौँ— सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारीको विषयले राष्ट्रिय स्वतन्त्र पार्टीमा तरंग आएको छ । ओली र देउवालाई भेटेर आएका प्रचण्डले नै यो खबर दिएपछि रवि रणनीति निर्माणमा व्यस्त भएका छन् भने यसलाई राजनीतिक उथलपुथलसँग जोडेर हेर्न थालिएको छ । यता प्रचण्डले यसैमा विपक्षी मोर्चा निर्माणको आधार देखेर भरोसामा उभिँदासमेत रवि किन डराए त ?

सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा हलचल मच्चिएको छ । बिहीबारमात्र प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै यो सूचना दिएपछि रवि बिहानैबाट दबाबमा थिए । बिहीबारको बैठकमा प्रचण्डले रविबारे प्रश्न गर्दा ओलीले कानुनअनुसार अघि बढ्ने बताएका थिए । जसको बिफ्रिङ प्रचण्डले शुक्रबार बिहान बसेको विपक्षी दलको बैठकमा गरेका थिए । जुन बैठकमा रास्वापाका मात्रै ६ नेता उपस्थित हुनुले नै यो विषयको गाम्भिर्यता प्रष्ट हुँदा गोर्खा मिडियामा रविका सहयात्री छविलाल बन्जाडेको शुक्रबार म्याद थपिएको हो । त्यस्तै रास्वपाको पूर्वानुमान सही सावित गर्दै रविसमेत पक्राउ परे । तर यसका पछि ओलीमाथि देउवाले बढाएको दवावसमेत एक कारण बनेको छ । यसले नयाँ राजनीतिक घटनाक्रम विकसित गर्ने मात्र नभई विपक्षी एक हुने अवस्थाले ओलीमाथि दवाव बढ्ने फाइदा काँग्रेसले उठाउन खोजिरहेको छ । यसले यसको राजनीतिक समाधान नै खोज्नुपर्ने बुझाईमा रहेका रविले यसअघि पक्राउ पर्ने हल्लाकै बेलाको जस्तो रणनीति अपनाएका छन् । अर्थात रास्वपाको हेडक्वार्टरमा नेता कार्यकर्ताहरु भेला गराए । सहकारी ठगी आरोपमा अनुसन्धान गर्न उनीविरुद्ध जिल्ला अदालत कास्कीले शुक्रबार पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएलगत्तै पार्टी कार्यालयमा नेता कार्यकर्ता भेला गरेर बसेका रविले सरकारविरुद्ध आक्रोश पोखेका थिए । उनले फेसबुकमा स्टाटस लेख्दै ‘सरकार म¥यो हामीलाई जुठो प¥यो’ भनेका छन् । साथै उनले एमालेको जग्गा प्रकरणलगायतका विषयमा ध्यान मोड्न आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको जनाएका छन् ।

पक्राउ परेका रविलाई स्थलमार्गबाट पोखरा लगिँदा उनका कार्यकर्ताहरुले पनि पछ्याएका छन् । यो पटक प्रहरीलाई अवरोध गर्नेभन्दा दबाब दिन मात्रै रणनीति उनीहरुले अपनाउँदा पोखरा लगायतका जिल्लाहरुमा प्रदर्शनको तयारी सुरु भएको छ । पक्राउ परेको विषयलाई आत्मसमर्पण भन्दै कानुनलाई सघाएको भाष्य निर्माण गरेका उनीहरुले सरकारले प्रतिशोध साँधेको आरोप लगाएका छन् ।

हुन त रवि पक्राउ पर्ने विषय प्रचण्डले विपक्षी एक बनाउने रणनीतिका साथ शुक्रबार बिहानै फुत्काएका थिए । विपक्षी दलको बैठक नै बोलाएर रविलाई आडभरोसा दिएका उनले साना दल फुटाउन सरकारले अध्यादेश ल्याउन लागेको विषयलाई समेत अर्को मुद्दा बनाउन भ्याएका थिए । जहाँ राजनीतिक आग्रह पूर्वाग्रह देखिने खालको झल्किने कुनै संकेत देखिनु हुँदैन भन्ने कुरामा सचेत रहेको बैठक पछि माओवादी नेता शक्ति बस्नेतले बताउँदा रवि पनि पहिले जस्तो डरमा थिएनन् । अर्थात विपक्षी दलको बैठकलाई समेत आफू बच्ने आधारका रुपमा प्रयोग गरिसकेका रवि सरकारले चाहेजस्तो यो पल्ट पेल्न नसक्ने विश्वासमा थिए । त्यस्तै संसदको विशेष अधिवेशन आह्वान अर्को रणनीतिका रुपमा उनले बुझे । यसले उनीहरुका साझा समस्या तत्कालका लागि पर सर्ने आधार तय हुने अवस्था रहेपनि महन्थ ठाकुरले नमानेपछि एक चौथाई संख्या पुग्न सकेन । फलतः समावेदनको निर्णय गरेको विपक्षी गठबन्धनले यसलाई ‘ध्यानाकर्षण गर्ने’ भन्यो भने यही कारण रविको तत्काल पक्राउ पर्ने अवस्था पर सर्न सकेन । यता छविलाई हिरासतमा राखिराख्नुको कारण नै रवि पक्राउको उद्देश्य भएको रास्वपा नेताहरुले नबुझ्ने कुरा थिएन । जहाँ एउटै मुद्दामा एक साझेदारी हिरासतमा र अर्को बाहिर हुने अवस्था नहुने साधारण तर्कले पनि रवि हिरासत पुग्ने सम्भावनालाई संकेत गरेको थियो ।

हुन त यसअघि बाटै उनीमात्र किन पक्राउ नपर्ने भन्ने प्रश्न उठ्दै आएको थियो । त्यस्तै सहकारी पीडितहरुले रविमाथि विरोध बढाँउदा उनी विपक्षी दलको बैठकस्थलबाटै पक्राउ पर्ने हल्ला समेत थियो । जुन प्रचण्डकै कारण पछि सरेको बताइँदा हिरासतमा रहेका छवि छोड्दा सहकारी पीडितले सडक तताउने थिए । यसको समाधान रविलाई पक्राउ गर्नु नै रहँदा यो मुद्दासमेत काँग्रेसले उठाउँदै आएको मुद्दा हो । यद्यपि, योपटक रविले पनि यसअघि भन्दा यो केही चातुर्य भने देखाए । जुन कदम सफल भएको भए उनको पक्राउ केही दिन टर्ने अवस्था थियो । तर अपेक्षित घटनाक्रम विपरीत रवि शुक्रबारै पक्राउ परे पनि विगतमा जस्तो उनलाई पेलेरै जाने सत्तारुढ गठबन्धनको चाहना पूरा हुन भने गाह्रै छ ।