Breaking

संसद्‍को अधिवेशन अन्त्यका लागि सिफारिस


काठमाडौं । सरकारले जारी संसद अधिवेसन अन्त्य गर्ने भएको छ । सरकारले सोमबार राति १२ बजेदेखि संघीय संसद्‍को अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठक बैठकले सो निर्णय गरेको हो ।

यो बजेट अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो । तर, यतिबेला दुई कम्युनिस्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्र संसद्‍मा जुहारी कायमै छ ।

आजको लागि तय भएको वैठक वस्दै नवसी भोलीका लागि स्थगित गरीएको छ ।