बंलादेशमा विद्यार्थी आन्दोलनले उग्ररूप लिएपछि देश छाडेर भारतको शरणमा पुगेकी शेख हसिनाअहिले के गर्दै छिन् यो आम चासोको विषय हो । लामो समय बंगलादेशमा शासन सत्ता समालेकी हसिनाको अवको बाटो के हुन सक्छ ?
बंगलादेशमा डेढ दशक एकक्षत्र प्रधानमन्त्रीको रुपमा शासन सत्ता सम्हालेकि शेख हसिनाले विवेक गुमाउदा भागेर भारतमा शरणमा पुग्नु परेको विषय नौलो रहेन । हसिनाको भागदौडसंगै वंगलादेशमा विकसित राजनीतिक घटनाक्रमलाई हेर्दा नयाँ सरकार गठन भईसकेको अवस्था छ। तर हसिना यो बीचमा भारतमै छिन् ।उनी अब भारतमै बस्छिन् वा पुन बंगलादेश फर्किनको लागि केही चालबाजी गरिरहेकीछिन् यो आम चासोको विषय हो ।
भारतसँग हसिनाको निकै पुरानो र धेरै सहज सम्बन्धरहदै आएको छ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको पुरानो सम्बन्धका कारण उनी ढुक्कले अहिलेसम्म भारतमै बस्न पाएकी छन् ।कहिलेकाहीँ साथीहरू पनि भार बन्न पुग्छन्भने झै, अहिले मोदीलाई हसिनाकोबसाई टाउको दुखाईको विषय बन्न थालेको छ ।
हसिनाको भारत शरणलाई अस्थायी मानिएको थियो । तर, महिनौं बितिसक्दा पनि हसिना भारतमै छिन् ।यता हसिनाको विषयलाई लियर मोदाीले अमेरिका लगाएतका देशसँग कुरा गरेका छन् ।
अमेरिका वा बेलायतमा स्थायी शरण माग्ने गरी हसिना भारतमा अस्थायी शरण मागेर आएकी थिइन् । तर, उनलाई अमेरिका र बेलायतले शरण दिन अस्वीकार गरेपछि मोदीको थाप्लोमा हसिनाको भार थपिएको हो ।
अगस्ट २६ मा प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच फोनवार्ता भएको थियो । उक्त कुराकानीपछि दुवै देशलेविज्ञप्ती जारी गरेका थिए । यद्यपी भारतले वंगलादेशका विषयमा मोदी र बाईडेनबीच कुरा भएको विज्ञप्तीमै कोड गरे पनि अमेरिकाले भने बंगलादेश शव्द उचारण नगरी विज्ञप्ती जारी गरेको थियो ।
भारतीय विदेश मन्त्रालयका अनुसार दुवै नेताले बंगलादेशको मुद्दामा चासो व्यक्त गर्दै अल्पसंख्यक, विशेषगरी हिन्दुहरुको सुरक्षा सुनिश्चित गर्न कानून र व्यवस्थाको पुनर्स्थापना गर्न जोड दिएका छन् ।
के भारतसँग अर्को विकल्प छ ?
भारत र बंगलादेशबीच भएको सम्झौताको धारा ८ मा एउटा यस्तो कारण उल्लेख छ, यी आधारले भारतले हसिनालाई बंगलादेशमा पठाउन आनाकानि गर्न सक्छ । धारा ८ अनुसार एक देशले न्यायको हितमा राम्रो विश्वासका साथ अभियोग लगाइएको छैन वा ‘सामान्य फौजदारी कानूनअन्तर्गत अपराध’ नभएको सैन्य कानूनको मामलामा सुपुर्दगी गर्न अस्वीकार गर्न सक्छ ।तर, यसले ढाकाको नयाँ सत्तारूढ सरकारसँग नयाँ दिल्लीको सम्बन्धमा दरार आउन सक्छ ।
भारतले ढाकाको सत्तामा रहेको सरकारसँग सुमधुर सम्बन्ध कायम राख्न र बंगलादेशमा आफ्नो दीर्घकालीन रणनीतिक र आर्थिक हितहरू सुरक्षित गर्नमा ध्यान केन्द्रित गर्नुपर्नेछ । यसले भारतले आफ्नो पुरानो मित्र र सहयोगी शेख हसिनासँग उभिने चुनौती पनि सामना गरिरहेको छ ।हसिनाले भारतमा शरण लिएको यो पहिलोपटक भने होइन । सेनाले कु गरेको बेला पनिसन् १९७५ अगस्ट २५ मा हसिना र उनकी बहिनी भारत पुगेका थिए ।
तर पुन बंलादेश फर्किएर राजनीतिमा फर्कन हसिनालाई सहज भने छैन् । विद्यार्थी आन्दोलनमा ६ सय बढिको ज्यान गएकोमा हसिनानै जिम्मेवार भन्दै उनिमाथि विभिन्न मुद्धाको चाङनै छ। यता मोदीले अहिलेका अन्तरीमसरकार प्रमुख पनि युनुस सँगपनि यस विषयमा कुरा गरेका छन् तर बंलादेश फिर्ता लैजाने विषयमा युनुस मौन छन् ।हसिनाले बंगलादेश फर्किने घोषणा गरेको केही दिनमै हसिनाविरुद्ध बंगलादेश र अन्तर्राष्ट्रिय अपराध अदालतमा हत्या मुद्दा दायर भएको छ ।
त्यसले पनि कतै आफु जेल पुग्ने होकी भन्ने हसिनामा त्रास बढेको छ।अन्तर्राष्ट्रिय अपराध अदालतले बंगलादेशमा विद्यार्थी आन्दोलनका क्रममा भएको हिंसामाथि अनुसन्धान गर्न निर्देशन दिएको छ ।हालसम्म उनीविरूद्ध विभिन्न कसुरको आरोप लगाउँदै १६ वटा मुद्दा दायर भएको बंगलादेशी अखबार द डेली स्टारले जनाएको छ ।
बंलादेशमा अहिले आन्दोलन मत्थर भए पनि नयाँ सरकार कसरी अघि बढ्छ ? के हसिना स्वदेश फर्किने संम्भाबना कति भन्ने प्रश्नको घेरामा नै छ । अस्थिरताले घेरीएको बंलादेशको अबको राजनीति कसरी अघि बढ्ला त्यो भने हेर्न बाकीँ नै छ ।


प्रतिक्रिया