काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत तथा भ्रष्टाचारीलाई जोगाउने काम जारी राखे माओवादीले सदन र सडकबाट प्रतिवाद गर्ने बताए ।
प्रदेश मरामर्श समितिको बैठकमा भाग सुर्खेत पुग्नुभएका ‘प्रचण्ड’ले सबै खालका जटिलादेखि सरकार निर्माण कसरी भयो भन्ने कुरासमेत आफूहरुले राम्रोसँग बुझेको बताए ।
उनले संसारमा पहिलो दल र दोस्रो दल मिलेको इतिहास नभएको भन्दै गलत कुरालाई चोख्याउनका लागि गरिएका सबै खालका क्रियाकलापको साक्षी भएर माओवादी नबस्ने बताएकाछन् ।
केही दिनअघि सदनमा बोलेको कुरा उत्तेजना र आवेगमा नभई सबैलाई सरकारका गलत कामको भण्डारफोर गरिएको उनले जिकिर गरे ।


प्रतिक्रिया