काठमाडौँ— तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा शुक्रबार भारतीय तीर्थ यात्री चढेको बस दुर्घटना हुँदा २७ जनाले ज्यान गुमाए । १६ जना घाइतेको काठमाडौको शिक्षण अस्पतालमा उपचार जारी छ । दुर्घटनाको विषयमा जानकारी लिन भारतीय राज्य मन्त्री नेपाल आइपुगेकी छिन् ।
त्रिशुली दुर्घटनाले नेपालीको मनमा चिसो पसिरहेका बेला शुक्रबार फेरि सोही घटना बल्झाउनेगरी मस्र्याङ्दी नदिमा बस खस्यो । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट, युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी मा खस्दा ठूलो संख्यामा मानिस हताहती भए । ४३ जना यात्रु सवार बस सडकबाट १५० मिटर तल नदिमा खस्दा २७ जनाले ज्यान गुमाए । दुर्घटनामा १६ जना घाईते भएकाछन् । घाईतेको हेलिकप्टर मार्फत उद्धार गरि काठमाडौंको शिक्षण अस्पतालामा उपचार जारी छ । दुर्घटनापछि नेपालका प्रधानमन्त्री केपी ओली तथा भारतीय समकक्षी नरेन्द्र मोदीले दुख व्यक्त गरेकाछन् । दुर्घटनामा मृत्यु भएका भारतीय नागरिकको शव भारतीय वायुसेनाको विमानबाट नासिक लगिएको छ। भारतीय वायुसेनाको जहाज मृतकको शव लिन अपरान्ह चितवनमा अवरतण गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आफ्ना नागरिक दुर्घटनामा परेपछि मृतकको शव लैजान र घाईतेको अवस्थामा बुझ्न युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्सेलाई नेपाल पठाएकाछन् । शनिबार नेपाल आएकी राज्यमन्त्री खड्सेले टिचिङ अस्पताल पुगेर घाईतेको अवस्था बुझेकिछिन् । राज्यमन्त्री खड्सेसंगै गृहमन्त्री रमेश लेखक पनि टिचिङ अस्पता पुगेका थिए ।
अस्पतालमा घाईतेको अवस्था बुझेकी खड्सेले गृहमन्त्री लेखकसंग सिंहदरबारमा भेट गरे दुर्घटनाको विषयमा थप जानकारी लिदै उपचारमा नेपाल सरकारले गरेको प्रवन्ध र उद्धारमा देखाएको तदारुकतालाई लिएर धन्यवाद व्यक्त गरेकिछिन् । गृहमन्त्री लेखकले घटना दुःखद भए पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सबैको प्रयासले केही मानिसलाई बचाउन सफल भएको बताएकाछन् ।
बसमा सवार सबै यात्रु महाराष्ट्रका र उत्तर प्रदेशबाट नेपाल भ्रमणकालागि आएका थिए । बस दुर्घटनाका मृत्यु भएकाको शव भरतपुर अस्पताल चितवनमा परिक्षण पश्चात भारत पठाईएको छ। दुर्घटनामा परेको बस भारतको गोरखपुरबाट नेपाल भ्रमणका लागि आएको थियो । भदौ ५ गते पोखरा पुगेर २ दिन घुमेर शुक्रबार काठमाडौंका लागि छुटेको थियो । बसमा सवार सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर उक्त बस नेपाल भित्रिएको थियो । नेपालमा बढ्दो सवारी दुर्घटनाले राजमार्गको दुरावस्था उजागर गरेको छ । यसअघि चितवनको सिमतालमा वेपत्ता रहेको दुई बसको अवस्था अझै अज्ञात रहेको छ भने ६० बढिले ज्यान गुमाएकाछन् ,।
नेपाल प्रहरीको पछिल्लो १० वर्षको तथ्याङक हेर्ने हो भने हरेक वर्ष सडक दुर्घटना र मृतकको सङ्ख्या बढ्दो क्रममा देखिन्छ । आव २०७१/७२ देखि २०८०/८१ सम्म २४ हजार ९५ जनाको ज्यान सडकमै गएको तथ्यांकले देखाएको छ । त्यस्तै एक लाख ६० हजार ९२७ दुर्घटनामा परी ५१ हजार २४८ जना गम्भीर घाइते र अङ्गभङ्ग भएका छन् ।
नेपालमा सडक दुर्घट्ना दिनप्रति दिन बढ्नुको मुख्य कारण सडक सुरक्षा परीक्षण नहुनु, २० वर्षभन्दा पुराना सवारी साधन सडकमा चल्नु, अनुगमन र नियमन गर्ने निकायले प्रभावकारी काम नगनुर्, सडकको स्तरोन्नति नहुुनुलाई मानिएको छ । जसले गर्दा ठूला र दर्दनाक दुर्घटना व्यहोर्नु परिरहेको छ । छिमेकी मुलुक भारतबाट आएका सवारी साधनसमेत यस्ता ठूला दुर्घटनामा पर्नुले नेपाल आउने पर्यटकमा त्रास फैलिएको छ ।


प्रतिक्रिया