Breaking

बलम्बुमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्‍यो


काठमाडौँ— काठमाडौंको चन्द्रागिरि नगरपालिका, बलम्बुमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

चन्द्रागिरि नगरपालिका-१२, बलम्बु स्कुल नजिकैको घरअगाडि कुकरमा तारले बाँधिएकोजस्तो देखिने गरी शंकास्पद वस्तु फेला परेको थियो । नजिकैको सीसीटीभी फुटेजमा देखिएको दृश्यअनुसार बुधबार दिउँसो करिब सवा १ बजेको समयमा एक युवकले उक्त शंकास्पद वस्तु राखेर गएका थिए ।