Breaking

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो


काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ ।

बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।

घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुनेछ ।