काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई बढाएर कम्तिमा ५ लाख पु¥याउने घोषणा गरेकाछन् ।
आज मन्त्रालयको प्राथमिकता र कार्य योजना सार्वजनिक गर्दै उनले स्वास्थ्य बीमा कार्यक्रमलाई आम नागरिकको पहुँचमा पु¥याउने गरी नीतिगत र कानूनी व्यवस्थापनमा पुनरावलोकन गर्नेगरी कार्ययोजना तय गरिएको बताए ।
सरकारले बीमा सेवालाई गुणस्तरीय र यसको प्रक्रियालाई सहज बनाउन पनि लागिपर्ने प्रतिवद्धता उल्लेख गरिएको छ । मन्त्री पौडेलले सरकारले भिन्नभिन्न कार्यक्रममार्फत निःशुल्क वा सहुलियत रुपमा स्वास्थ्य सेवा दिइरहेकामा सबै सेवा र सामाजिक सुरक्षाका कार्यक्रमलाई विमाको छाता भित्र राख्न आवश्यक प्रवन्ध गरिने पनि बताएकाछन् ।
मन्त्री पौडेलले स्वास्थ्य सामग्री खरिदलाई पारदर्शी बनाउन सार्वजनिक खरिद नियमावलीमा पुनरावलोकन गरिने बताए ।


प्रतिक्रिया