Breaking

राष्ट्रपति पौडेल र विदेश सचिव मिस्रीबीच भेटवार्ता


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको हो । राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनिकरणका लागि नेपाल–भारत मिलेर काम गर्नुपर्ने बताएकाछन् । यसअघि मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेकाथिए ।

उनले आजै नेपाल भाषा परिषद्को नवनिर्मित भवनको उद्घाटन एवं अवलोकन गरेकाहुन् । आज साँझ परराष्ट्रसचिव सेवा लम्सालले समकक्षी मिश्रीलाई रात्रीभोज दिने कार्यक्रम पनि छ । भोली बिहान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरी साँझ स्वदेश फर्किने कार्यक्रम छ ।।