समाचार

संघीय संसद्का दुवै सदनका बैठक आज बस्दै


काठमाडौ. । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा २ बजे बस्ने गरी बोलाइएको छ । प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।

कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेरको कार्यसूची पनि छ । यस्तै, कानूनमन्त्री अजय चौरसियाले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको ‘बाधा अड्काउ फुकाउ’ आदेश सदन समक्ष पेश गर्ने कार्यसूची छ ।

यस्तै, राष्ट्रिय सभाको बैठकमा पनि कानुनमन्त्री चौरसियाले उक्त प्रस्ताव पेश गर्ने कार्यसूची छ ।